नेपाल फाइनान्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज (जेठ ६ गते)देखि हकप्रद सेयर विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत अर्थात् १०ः७ अनुपातमा हकप्रद सेयर विक्री खुला गरेको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

 

कम्पनीको हकप्रदमा जेठ २६ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख २१ गते बुकक्लोज गरेको थियो। सो अनुसार वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र उक्त हकप्रद भर्न पाउने छन् ।

 

कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर सी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।

 

हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ चुक्त पूँजी रहेको फाइनान्सको हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।

६३५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३०० नजिक, कुन दलले कति जिते ? Read Previous

६३५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३०० नजिक, कुन दलले कति जिते ?

आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति Read Next

आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति