काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये शुक्रबार बिहान १० बजेसम्म ६३५ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले २८४ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १७७ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १११, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १४, जनता समाजवादी पार्टी समान १८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ७ र अन्य दल तथा स्वतन्त्रले २४ पालिकामा जित हात पारेका छन् ।
अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ४१, एमाले २०, माओवादी ११, एकीकृत समाजवादीले ५, जनता समाजवादीले १६ पालिकामा अग्रता लिएको छ ।