सेयर बजारमा गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । विहिबार सेयर बजारमा गिरावट भएकाे छ । बुधबार केही सुधार आएको परिसूचक विहिबार फेरि ओरालो लागेको हो ।

 

यस अघि मंगलबार एकैदिन ८५ अंकले घटेको थियो । विहिबार नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ अंकमा सिमित भएको छ ।

 

। यसदिन २१९ कम्पनीको १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्यूचअल फन्ड बाहेक सबै समूहको परिसूचक घटेको छ ।

 

यस उपसमूहको ०.७५ प्रतिशतले मुल्य बढेको छ भने सबैभन्दा धेरै फाइनान्सको २.४५ प्रतिशतले मूल्य घटेको छ ।

 

त्यसतै विकास बैंकको २.०९ ले घटेको छ । आज प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ ।

 

यसको १२ करोड ८१ लाख रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्र्रमोटर सेयर ५ करोड,अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट र अरुण काबेली पावरको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ र हिमालयन डिस्टीलरी २ करोड ९६ लाख बढीको कारोबार हुँदै शीर्ष पाँचमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज लुम्बिनी जेनरल इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतलेृ गुमाएका छन् । हाइड्रोपावर र सुर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५ प्रतिशत बढीले घटेको छ ।

 

यसैगरी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले दुइ प्रतिशत बढीले गुमाएका छन् ।

अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा रिजाल Read Previous

अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा रिजाल

६३५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३०० नजिक, कुन दलले कति जिते ? Read Next

६३५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३०० नजिक, कुन दलले कति जिते ?