अपर सोलु हाइड्रोको आइपीओ भर्ने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । अपर सोलु हाइड्रोको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने समयवधि थप गरिएको छ ।

 

कम्पनीले आयोजना प्रभावित स्थानीय सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिकाका स्थानीय बासिन्दाका लागि वैशाख २० गतेदेखि विक्रीमा ल्याएको सेयर सबै नबिकेपछि जेठ २० गतेसम्म आवेदन दिने म्याद थपकेको हो ।

 

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले लाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो । उक्त आइपीओमा सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविस) स्थानीयले आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । थपिएको अवधिमा पनि सबै सेयर विक्री नभएम बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्काशन गरिने कम्पनीले जनाएको छ ।

 

स्थानीय बासिन्दाले एनएमबी बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

 

सहरका हरेक घरघरमा 'यूटिलिटी करिडोर' पुर्‍याउने सरकारको योजना, ऐनको ड्राफ्ट तयार Read Previous

सहरका हरेक घरघरमा 'यूटिलिटी करिडोर' पुर्‍याउने सरकारको योजना, ऐनको ड्राफ्ट तयार

विश्व बैंकले श्रीलंकालाई दियो १६ करोड डलर सहयोग, इन्धन किन्न खर्च गर्ने Read Next

विश्व बैंकले श्रीलंकालाई दियो १६ करोड डलर सहयोग, इन्धन किन्न खर्च गर्ने