राधीको हकप्रद प्रक्रिया अघि बढ्यो, बोर्डमा दियो आवेदन

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रया अघि बढाएको छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१.४७५२ अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर विक्री गर्न अनुमति मागेको हो ।

 

कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले यस अघि विद्युत् नियमन आयोगबाट हकप्रद जारी गर्न पूर्व स्वीकृति पाइसकेको छ ।

 

अब बोर्डले अनुमति दिएपछि मात्र राधीले हकप्रद जारी गर्नेछ ।

रिभर फल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

रिभर फल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन

सिटिजन्स बैंकका कार्ड बाहकले र्‍याडिसन होटलमा विशेष छुट पाउने Read Next

सिटिजन्स बैंकका कार्ड बाहकले र्‍याडिसन होटलमा विशेष छुट पाउने