रिभर फल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमडाौं । रिभर फल्स पावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले वैशाख २८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आवेदन दिने आज अन्तिम दिन हो ।

 

निष्काशित कुल सेयरमध्ये ५४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी माइनस आइएस’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १०.३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने जनाइएको छ ।

आगामी बजेटमा सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको विकास प्रमुख प्राथमिकता Read Previous

आगामी बजेटमा सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको विकास प्रमुख प्राथमिकता

राधीको हकप्रद प्रक्रिया अघि बढ्यो, बोर्डमा दियो आवेदन Read Next

राधीको हकप्रद प्रक्रिया अघि बढ्यो, बोर्डमा दियो आवेदन