सार्वजनिक गाडीको भाडा बढ्यो, कुन गन्तव्यको कति ? (भाडादरसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।

 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

 

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत, पहाडी बाटोमा मालबाहकमा ४.६ प्रतिशत र तराईमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो।

 

बढाइएको भाडादर जेठ ४ गते (भोलि)देखि लागू हुने विभागले जनाएको छ । नेपाल आयत निगमले वैखाश ३१ गते पेट्रोल र डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । हाल इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ ।

 

प्रतिनिधिसभा बैठकमा ८ अध्यादेश पेश Read Previous

प्रतिनिधिसभा बैठकमा ८ अध्यादेश पेश

प्रि बजेटमाथिको छलफल जेठ ५ गते Read Next

प्रि बजेटमाथिको छलफल जेठ ५ गते