काठमाडौं । गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल सोमाबर (आज)देखि सञ्चालनमा आएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
झण्डै ७२ वर्षपछि सञ्चालनमा आएको दोस्रो विमानस्थललाई हब बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । आजबाट काठमाडौं र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल संचालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने छ ।
गौतमबुद्ध विमानस्थल तात्कालीन प्रधानमन्त्री मातृका कोइरालाबाट शिलान्यास गरिएको थियो । । पर्यटनमन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलमा उडान भर्ने हवाई कम्पनीलाई सेवा शुल्कमा विशेष छुट दिइने बताए ।
२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा पूरा भएको हो । २०७४ मा पूरा गर्ने भनिएको यस विमानस्थल निर्माण कोभिडका कारण धेरैपट म्याद थप हुँदै बस्नुपरेको थियो ।
गौतमबुद्ध विमानस्थलको कुल बजेट ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ रहेको थियो । भैरहवा विमानस्थल २०२३ मा तत्कालीन युवराज वीरेन्द्र शाहले उद्घाटन गरेका थिए ।