सस्तो भयो खाना पकाउने ग्यास

काठमाडौं । केही दिन अगाडि डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटाएको नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य आजबाट घटाएको छ। निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको हो।

 

 

निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँमा किन्न सक्ने छन् । यसअघि प्रतिशिलिण्डर मूल्य १३७५ रुपैयाँ थियो ।

 

 

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।

 

 

पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो।

देशभरमा ५० विमानस्थल : ३२ वटा सञ्चालनमा, १३ वटा मात्रै नाफामा Read Previous

देशभरमा ५० विमानस्थल : ३२ वटा सञ्चालनमा, १३ वटा मात्रै नाफामा

उत्तर कोरियाली लगानी फिर्तालान सरकारको आदेश र एफडीआईको भविष्य Read Next

उत्तर कोरियाली लगानी फिर्तालान सरकारको आदेश र एफडीआईको भविष्य