काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १७ औं दिन पोजेटिभ सर्किट लागेको छ । गत फागुन ३० गतेदेखि कारोबारमा आएको लघुवित्तको सेयर मूल्य १७ दैनिक १० प्रतिशतले बढेको हो ।
कारोबारमा आएको दुई महिना बित्न लागे पनि धेरै दिन १० कित्ता मात्र कारोबार भएको छ भने पछिल्लो दुईसाता यता भने लगातार पोजेटिक सर्किट लाग्दै आएको छ ।
३१८.६० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३५ कारोबार दिनमा बढेर १६७२.६० रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको सेयर भाउ प्रतिकित्ता १३५४ रुपैयाँ अर्थात् ५ गुणा बढेको छ ।
कारोबारमा आएको डेढ महिना बिते पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । हालसम्म लघुवित्तको करिब १० हजार कित्ता हाराहारीम मात्र कारोबार भएको छ ।
लघुवित्तमा सर्वसाधरणको सेयर हिस्सा थोरै रहेकाले आपूर्ति कम भएको हो । नेप्सेमा सर्वसाधरणतर्फको ५ लाख २२ हजार कित्ता सेयर सूचीकृत भए पनि बलियो कम्पनी रहेकाले भाउ निकै माथि जाने आशामा सेयर विक्रीमा ल्याएका छैनन् ।
लघुवित्तले माघ २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको थियो । आइपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड पुगेको छ ।