नार्कले विकास गर्‍यो ७२३ जातका बीउ

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ८० बाली वस्तुका ७२३ जात विकास गरेको छ । नार्क स्थापना भएको ३१ औँ वार्षिकोत्वसवका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको जानकारी दिएका हुन् ।

 

सरकारले नार्कको स्थापना विसं २०४८ मा गरेको थियो । स्थापनाअघि धानको ३२, मकैको १२, गहुँको १९ र अन्य बालीको ४६ थरीका बीउबाट खेती गरिँदै आएको थियो । नेपालमा उत्पादन बढाउन किसानले धेरै जसो वर्णशङ्कर बीउको प्रयोग गर्छन् ।

 

त्यस्ता बीउ भारतलगायत अन्य मुलुकबाट आयात हुन्छ । यहाँ नयाँनयाँ जातका बीउको उन्मोचन भए पनि बीउको परनिर्भरता भने घटेको छैन । विसं २०६९ को भन्सार विभागको तथ्याङ्कमा झन्डै रु ५५ करोडको धानको बीउको आयात भएको उल्लेख छ ।

 

त्यसो त पछिल्लो पटक, नेपाल अन्नबालीमा मात्र नभई फलफूल तथा तरकारी बालीका बीउमा समेत परनिर्भर हुन थालेको छ । किसान बीउ रोज्न र खोज्न बीउ बिजन विक्री गर्ने विभिन्न पसलमा पुग्छन् । विभिन्न थरीका बहुराष्ट्रिय कम्पनीले विक्री वितरणमा ल्याएको नक्कली बीउका कारण सरकारले क्षतिपूर्ति व्यहोर्दै आएको छ ।

हिमालयन र एभरेष्ट इन्स्योरेन्स सेयर कारोबार रोक्का Read Previous

हिमालयन र एभरेष्ट इन्स्योरेन्स सेयर कारोबार रोक्का

नेपाल फाइनान्सले जेठ ६ देखि हकप्रद जारी गर्ने, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

नेपाल फाइनान्सले जेठ ६ देखि हकप्रद जारी गर्ने, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?