हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (वैशाख २५ गते)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका स्थानीयका लागि आइपीओ जारी गरेको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर विक्रीमा ल्याएको हो । यो कम्पनीको विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत हो ।

 

कम्पनीको सेयरमा मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार, ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड ९कास्की०, गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, विरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

के रुसको तेल र ग्यास बिना बाँच्नै नसकिने अवस्था छ ? Read Previous

के रुसको तेल र ग्यास बिना बाँच्नै नसकिने अवस्था छ ?

ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था Read Next

ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था