नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा यससाता थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

 

यससाता नेप्सेमा महुली लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा बिहीबार महुलीले गत वर्षको नाफाबाट वितरण गरेको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

यस्तै, सोमबार हिमालयन जनरलको गत वर्षको नाफाबाट वितरण गरेको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको २० प्रतिशत अर्थात् ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बजेटमा थरिथरीका सुझाव : करको दायारा बढाउनदेखि ठूला नोट खारेज गर्नसम्म माग Read Previous

बजेटमा थरिथरीका सुझाव : करको दायारा बढाउनदेखि ठूला नोट खारेज गर्नसम्म माग

के रुसको तेल र ग्यास बिना बाँच्नै नसकिने अवस्था छ ? Read Next

के रुसको तेल र ग्यास बिना बाँच्नै नसकिने अवस्था छ ?