‘नेपालका भाषा र सरकारी कामकाज’ पुस्तक सार्वजनिक

काठमाडौं । ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तक सार्वजनिक भएको छ । उक्त किताब विभिन्न विषयमा अनुसन्धानमूलक काम गर्दै आइरहेको संस्था फ्याक्टस् नेपालले प्रकाशन गरेको हो ।

 

उक्त किताब त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीम नारायण रेग्मीले लेखेका हुन् ।यस पुस्तकको वितरण भने बी लिडरे गर्दैछ। ३३० पेजको यो पुस्तकको मूल्य १ हजार १०० रुपैयाँ तोकिएको छ।

 

यो किताबमा नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्प जस्ता अनुसन्धान पश्चात तार्किक र तथ्यपरक सामाग्री समेटिएको छ ।

 

यस्तै, ७५३ वटै निकायमा बोलिने भाषा सम्बन्धी विस्तृत तथ्याङ्क समेटिएको छ। यो पुस्तक किताब यात्रा, बुक कर्नर, थुप्रै डट कम लगायत अनलाइन बाट पनि मगाउन सकिन्छ।

 

कम्पनी रजिष्ट्रार कार्यालयद्धारा अतिआवश्यक बाहेकका सेवा बन्द Read Previous

कम्पनी रजिष्ट्रार कार्यालयद्धारा अतिआवश्यक बाहेकका सेवा बन्द

बजेटमा थरिथरीका सुझाव : करको दायारा बढाउनदेखि ठूला नोट खारेज गर्नसम्म माग Read Next

बजेटमा थरिथरीका सुझाव : करको दायारा बढाउनदेखि ठूला नोट खारेज गर्नसम्म माग