काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामी विक्री खुला भएको छ ।
उक्त लिलामीमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ । यस लिलामी सेयरमा बैंककै विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिँदा आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी न्यूनतम मूल्य १३० रुपैयाँ नघटाइ गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।
आवेदकले बैंकको सेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ ५ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटल, कमलादी काठमाडौंमा खोलिनेछ ।