नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा हिमालयनले गत वर्षको नाफाबाट वितरण गरेको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

त्यस्तै, समता घरेलु लघुवित्तको २० प्रतिशत अर्थात् ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

दुवै कम्पनीहरुको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अन्नपूर्ण केबलकार चढ्न जानेलाई निःशुल्क बस सेवा Read Previous

अन्नपूर्ण केबलकार चढ्न जानेलाई निःशुल्क बस सेवा

मर्जर विनियमावली लत्याउँदै अदालत, मर्जर भाँड्नेलाई प्रोत्साहन ! Read Next

मर्जर विनियमावली लत्याउँदै अदालत, मर्जर भाँड्नेलाई प्रोत्साहन !