काठमाडौं । नेपाल धितोपत्र बोर्डले विराटनगर, भृकुटीचोकस्थित नासा इन्भेष्टमेन्ट प्रालिलाई काम बन्द गर्न निर्देशन दिएको छ । बोर्डबाट अनुमति नलिई धितोपत्र सम्बनधी विभिन्न काम गर्दै आएको भन्दै उक्त काम बन्द गर्न बोर्डले पत्रचार गरेको हो ।
नासा इन्भेष्टमेन्टले बोर्डबाट अनुमति नलिइ डिम्याट खाता खोल्ने, मेरो सेयर, ब्रोकर खाताको सहजीकरण गर्ने, सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्ट, दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श लगायत कार्यहरु गर्दै आएको बोर्डले जनाएको छ ।
प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उक्त कार्यहरु बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाइने व्यवस्था छ । अनुमति नलिई सो कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने व्यवस्था छ।