एलन मस्कले किन बेचे टेस्लाको पौने ५ खर्बको सेयर ?

काठमाडौं । विश्वकै धनाढ्य तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले टेस्लाको करिब ४ खर्ब ८६ खर्ब नेपाली रुपैयाँ बराबरको सेयर बेचेका छन्।

 

टेस्लाका प्रमुख कार्यकारी समेत रहेका मस्कले टेस्लाको करिब ४ अर्ब डलर (३.२ बिलियन पाउन्ड स्टर्लिङ) बराबरको डलरको सेयर बेचेका हुन् ।

 

उनले उक्त सेयर बेचेको अमेरिकी नियामक फाइलिङले बिहीबार देखाएको छ । मस्कले टेस्लाको सेयर किन बेचे भन्ने केही कारण दिएका छैनन् । यद्यपि, यसले उनको ट्वीटरको योजनाबद्ध खरिदलाई पैसा जुटाउन यस्तो गरेको अनुमान छ।

 

मस्कले ट्वीट गर्दै कम्पनीको थप सेयर बेच्ने आफ्नो कुनै योजना नरहेको बताएका छन्। ‘यो पछि टेस्लाको सेयर (टीएसएलए) विक्रीको योजना छैन,’ उनले ट्वीटरमा भनेका छन् । टीएसएलए टेस्लाको स्टक कोड हो। जुन न्यूयोर्कको नास्डक सूचकांकमा सूचीकृत छ ।

 

यस हप्ताको सुरुमा टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ। उनले ट्वीटर किन्नका लागि भुक्तानीमा मद्दत गर्न फर्ममा आफ्नो हिस्सेदारीको केही अंश बेचेका हुन् ।

 

मस्कले यसैसाता ४४ बिलियन डलरमा ट्वीटरको स्वामित्व किन्ने सम्झौता गरिसकेका छन् । गत वर्ष नोभेम्बर र डिसेम्बरमा उनले १६.४ बिलियन डलरको स्टक अफलोड गरेपछि टेस्लाको सेयरको यो उनको पहिलो विक्री हो। यो तब आयो, जब उनले आफ्ना ८० मिलियनभन्दा बढी ट्वीटर फलोअरहरूलाई इलेक्ट्रिक कार निर्मातामा आफ्नो १० प्रतिशत सेयर बेच्ने कि नगर्ने भनेर सोधेका थिए।

 

यो महिनाको सुरुमा मस्कले ट्वीटरमा ९.२ प्रतिशत सेयर किनेको खुलासा गरेपछि टेस्लाको सेयर करिब २० प्रतिशतले घटेको छ। मंगलबार मात्रै, सोसल मिडिया फर्मको बोर्डले उसको टेकओभर प्रस्तावलाई स्वीकार गरेपछि कार निर्माताको स्टक बजार मूल्यमा १२५ बिलियनभन्दा बढी नोक्सानी भएको छ।

 

मस्कले ४४ अर्ब डलरको सम्झौतालाई आर्थिक सहयोग गर्न आफ्नो सम्पत्तिको २१ अर्ब डलर प्रतिबद्ध गर्ने बताएका छन्। लगानीकर्ताहरूका अनुसार मस्कले टेकओभर कोषमा मद्दत गर्न टेस्लाको सेयर बेच्नु पर्ने हुन सक्छ। बीबीसी

अब ट्राफिक जरिवाना क्युआर कोडमार्फत तिर्न सकिने Read Previous

अब ट्राफिक जरिवाना क्युआर कोडमार्फत तिर्न सकिने

नबिल बैंकले एकै दिन खोल्यो १४ नयाँ शाखा Read Next

नबिल बैंकले एकै दिन खोल्यो १४ नयाँ शाखा