आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ प्रस्ताव पारित

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा वैशाख १४ गते काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको हो।

 

कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिएको छ ।

 

यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गरी नयाँ सञ्चालक समिति गठन गरेको छ ।

 

कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरू अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे ।

 

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान द्रुत गतिमा, ४० प्रतिशत पूरा Read Previous

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान द्रुत गतिमा, ४० प्रतिशत पूरा

आजदेखि यी ७ विमानस्थलमा राति १२ बजेसम्म उडान हुने Read Next

आजदेखि यी ७ विमानस्थलमा राति १२ बजेसम्म उडान हुने