सीवाइसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज विहान ९ बजे आइपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३६ हजार ९४० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ता सेयर पाएक छन् । ६१ लाख ६५ हजार ४१३  जनाको हात रित्तो भएको छ ।

 

कम्पनीको आइपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएका थिए । सो मध्ये ३ हजार २७२ जनाको आवेदन रद्द भएको छ भने योग्य २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको क्यापिटलले जनाएको छ ।

 

लघुवित्तले वैशाख २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र सीवाइसी नेपाल लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

घाटामा गएपछि निगमको पेट्रोलियम भण्डारण डिपो निर्माण योजना अलपत्र Read Previous

घाटामा गएपछि निगमको पेट्रोलियम भण्डारण डिपो निर्माण योजना अलपत्र

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान द्रुत गतिमा, ४० प्रतिशत पूरा Read Next

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान द्रुत गतिमा, ४० प्रतिशत पूरा