काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैंठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
सरकारले चालुु आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारले गत आर्थिक वर्ष २०७८/७९ का लागि समर्थन मूल्य प्रतिक्विन्टल र ३ हजार १११ रुपैयाँ तोकेको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल रु ५४ ले बढाएको हो । यस्तैगरी, गत आर्थिक वर्ष २०७७/७८ का लागि रु तीन हजार १५ निर्धारण गरिएको थियो । सरकारले प्रत्येक वर्ष गहुँ, धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ ।