सगरमाथा इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (वैशाख १५ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (वैशाख १६ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

इन्स्ययोरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख २८ गते २५ औं वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ Read Previous

भारतमा बिजुली उत्पादन कम हुँदा नेपालमा असर, औद्योगिक क्षेत्रमा लोडसेडिङ

गहुँको समर्थन मूल्य निर्धारण Read Next

गहुँको समर्थन मूल्य निर्धारण