नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ९५ अंकले बढेको नेप्से त्यसयता लगातार दोहोरो अंकले घटेको हो । पछिल्ला दुई दिनमा नेप्से ५० अंकले घटेको छ ।

 

आज सूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम आधाले घटेर १ अर्बमा सीमित भएको छ । यो पछिल्लो १ वर्ष यताकै कम हो ।

 

मंगलबार नेप्से १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको ३४ लाख १९ हजार २२८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै १.६२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.४९ प्रतिशतले घटेको छ ।

 

आज करोबारमा आएको २२८ कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अपी पावर ४ करोड र नेष्डो समृद्ध लघुवित्त ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा जाल्पा लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज हिमालयन पावर पार्टनरका सेयरधनीले सबैभन्दा धेरै ५.४१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, मल्टिप्रपोज फाइनान्स ५.०३, युनाइटेड इदीमर्दी ४.०२, महुली लघुवित्त ३.७७, सामुदायिक लघुवित्त, लक्ष्मी लघुवित्त, माउन्टेन इनर्जी, इमर्जिङ नेपाल, समिट लघुवित्त, गुह्येश्वरी मर्चेन्ट र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रशान्त महासागरको सालमन फिस, गंगटादेखि विदेशको मोहीसम्म किनेर खान्छन् नेपाली Read Previous

प्रशान्त महासागरको सालमन फिस, गंगटादेखि विदेशको मोहीसम्म किनेर खान्छन् नेपाली

दलका चुनावी घोषणा पत्र : कागजका पानामा गरिएको झुटा सपनाको खेती Read Next

दलका चुनावी घोषणा पत्र : कागजका पानामा गरिएको झुटा सपनाको खेती