सीजीका दुई नयाँ भ्याकुम क्लिनर बजारमा

काठमाडौं । सीजी ब्राण्डको ‘सीजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम’ बजारमा विक्री सुरू भएको छ । कम्पनीले ‘कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर’ र ‘स्टीम क्लिनिङ सिस्टम’ गरी दुई प्रकारका भ्याकुम क्लिनरहरू बजारमा ल्याएको हो ।

 

‘कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनरु मा ‘टु इन वान मोड’ रहेको छ, यसकारण यो सजिलै ‘ह्याण्डी’ वा ‘स्टीक’ मोडमा परिवर्तन गर्न सकिन्छ । यसमा सिंगल साइक्लोन सिस्टम रहेको छ ।

 

यसको अर्को विशेषता भनेको ‘डस्ट कप’लाई सजिलै फुकाल्न सकिन्छ । उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टरु जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन’ गर्न सकिन्छ र यसमा ५ एमको पावर लाइन रहेको छ ।

 

१०० डिग्री सेन्टिग्रेड बाफले ९९.९९ प्रतिशत किटाणु नष्ट गर्ने क्षमता भएको ‘स्टीम क्लिनिङ सिस्टम’को प्रमुख विशेषता भनेको यसले एकदम छिटो अर्थात पन्ध्र सेकेण्डमै वाफ उत्सर्जन गर्दछ, साथै यो काठ, टायल, कार्पेट जस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त छ ।

 

३७० मिलि लिटर पानीटंकीको क्षमता भएको ‘स्टीम क्लिनिङ सिस्टम’मा विविध प्रकारका एसिसरिजहरू पनि प्राप्त गर्न सकिन्छ । जस्तै, सानो राउण्ड ब्रश, स्कार्पर, स्काउरिङ हेड, ह्याङगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टर ।

 

स्थानीय निवार्चन : ३५ हजार २२१ पदका लागि १ लाख ४१ हजारको मनोनयन दर्ता Read Previous

स्थानीय निवार्चन : ३५ हजार २२१ पदका लागि १ लाख ४१ हजारको मनोनयन दर्ता

क्रिप्टो र अनलाइन जुवासम्बन्धित वेबसाइट र एपको जानाकारी दिन प्राधिकरणको अनुरोध Read Next

क्रिप्टो र अनलाइन जुवासम्बन्धित वेबसाइट र एपको जानाकारी दिन प्राधिकरणको अनुरोध