उपकार लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ्ग लिमिटेडले आज विहान साढे ८ बजे आइपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ती मध्ये भाग्यमानी  ६ जनाले थप १ कित्ता सेयर पाएक छन् । २३ लाख २६ हजार ९४१ जनाको हात रित्तो भएको छ ।

 

कम्पनीको आइपीओमा कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएका थिए । सोमध्ये २ हजार ४०६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 

लघुवित्तले चैत २५ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टलेको वेबसाइट र उपकार लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

बैंकको ब्याजदर २ वर्ष यताकै महंगो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ? (बेसरेटसहित) Read Previous

बैंकको ब्याजदर २ वर्ष यताकै महंगो, कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ? (बेसरेटसहित)

मेरोअटो 'मोटर र्‍याली २' सुरू Read Next

मेरोअटो 'मोटर र्‍याली २' सुरू