काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बुधबार एकैदिन ४१ अंकले घटेको नेप्सेमा आज ५ अंकले बढेको हो । समग्रमा यससाता नेप्से ९५ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकमा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले बढेर साढे १ अर्ब नाघेको छ ।
साताको अन्तिम कारोबार दिन नेप्से ४.९३ अंकले बढेर २३२५.४५ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.८५ प्रतिशतले घटेको छ ।
आज करोबारमा आएको २३१ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन भेन्चर्स कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने जाल्पा लघुवित्तको करिब १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।