चीन हाइपरसोनिक विमान दौडमा, २ घण्टामै बेइजिङबाट न्यूयोर्क पुग्ने

सीएनएन । चीनको बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रतिसेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने सम्भावना बोकेको व्यावसायिक हवाई यात्रा विकसित गरिरहेको छ । यो भनेको चीनको सांघाई सहरबाट अमेरिकाको न्यूयोर्कसम्म दुई घण्टामै पुग्न सकिने गति हो ।

 

हाइपरसोनिक विमान भनेको आवाजको गतिभन्दा ५ गुणा तेज रफ्तारमा यात्रा गर्न सकिने उडान हो । सो फर्मले अहिले नै प्रचारका लागि आकर्षक एनिमेटेड भिडियो सार्वजनिक गरिसकेको छ, जसमा यात्रुहरूले हेल्मेट या स्पेससुट नलगाई १२ वटा सिट भएको विमानमा यात्रा गरिरहेका छन् । यसको गति बढाउन दुईवटा ‘टाइटेनिक बुस्टर’ रकेट जडान गरिएको छ ।

 

यो विमान प्रतिघण्टा ७ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने छ । कम्पनीको वेबसाइटका अनुसार यसको पहिलो परीक्षण उडान अबको तीन वर्षमा सम्पन्न हुनेछ जसपछि २०३० सम्म आइपुग्दा विमानले पूर्ण रूपमा हाइपरसोनिक उडान सञ्चालन गर्ने छ ।

 

यसरी हाइपरसोनिक उडानप्रति विश्वमा बढ्दो आकर्षण छ, जुन रेसमा चीन पनि पछि पर्न नचाहेको स्पष्ट देखिन्छ । यसमा चिनियाँ सरकारबाट उल्लेखनीय लगानी हुने हुनाले पनि यस्ता परियोजना अन्य राष्ट्र भन्दा त्यहाँ छिटो सम्पन्न हुन सक्ने अनुमान गरिएको छ जसले चीनलाई यो हाइपरसोनिक दौडमा अग्रता दिलाउने छ ।

 

गत अगस्टमा मात्र शाङ्घाईको लगानीकर्ता मेट्रिक्स पार्टनर्स चाइना र सरकारको स्वामित्वमा रहेको सांघाई गोसेङ ग्रुपले यसका लागि सुरुआती ४ करोड ७० लाख डलरको आर्थिक कोष खडा गरेका थिए ।

‘अन अराइभल भिसा’ का लागि २०० डलर बोक्नुपर्ने प्रावधान खारेज Read Previous

‘अन अराइभल भिसा’ का लागि २०० डलर बोक्नुपर्ने प्रावधान खारेज

न्यादी हाइड्रोपावरको विद्युत् उत्पादन परीक्षण सुरू Read Next

न्यादी हाइड्रोपावरको विद्युत् उत्पादन परीक्षण सुरू