यती एयरलाइन्समा यात्रा गरेको ३० दिन पछिसम्म १ लाखको बीमा सुविधा

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रापछि पनि यात्रुको १ लाख बीमा अफर ल्याएको छ । एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा यात्रुले हवाई यात्रा गरेको ३० दिन पछिसम्म १ लाखको दुर्घटना बीमा पाउने अफर ल्याएको हो ।

 

कम्पनीले यात्रुलाई यात्रा गर्ने अवधिभर मात्र नभई त्यसपछिको ३० दिनसम्म पनि बीमा सुविधा दिने भएको हो । उक्त सुविधा पाउन यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट टिकट काटी यात्रा गरेको हुनुपर्नेछ ।

 

यात्रुले जति पटक यात्रा गर्‍यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्ने एयरलाइन्सले जनाएको छ । तर ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा गरेमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति मान्य हुनेछ र सोही मितिदेखि ३० दिनसम्मको बीमा हुनेछ ।

 

अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुने एयरलाइन्सले जनाएको छ । यो अफर नेपाली नागरिकको हकमा मात्र लागू हुने छ भने तारा एयरलाइन्सका यात्रुका हकमा भने लागू नहुने कम्पनीले जनाइएको छ ।

 

यो अफर वैशाख १ गतेदेखि ३ महिनाको लागि लागू हुनेछ । बीमा रकम दाबी भुक्तानी सानिमा जनलर इन्स्योरेन्स मार्फत हुनेछ ।

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा, ५०० आयोजनाको काम रोकियो Read Previous

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा, ५०० आयोजनाको काम रोकियो

काठमाडौंको सडकमा विद्युतीय बसको परीक्षण गर्दै साझा यातायात, यी रुटमा चल्न सक्ने Read Next

काठमाडौंको सडकमा विद्युतीय बसको परीक्षण गर्दै साझा यातायात, यी रुटमा चल्न सक्ने