अब साधरण र डिलक्स गरी दुई खाले ट्याक्सी चल्ने

काठमाडौं । अब दुई खाले ट्याक्सी संचालनमा आउने भएका छन् । वाग्मती प्रदेश सरकारले विद्युतीय ट्याक्सीको मापदण्ड निर्धारण गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ जारी गर्दै साधरण र विशेष (डिलक्स) ट्याक्सीको मापदण्ड तोकेको छ ।

 

नयाँ मापदण्ड अनुसार साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्ने छ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने उल्लेख छ ।

 

ट्याक्सीका लागि सेडान कार नै हुनु पर्ने उल्लेख गरेको मापदण्डमा २०० लिटर माथिको बुट स्पेश, कम्तीमा ३० किलोवाट क्षमताको मोटर र २० किलोवाट आवरको लिथियम आयोन ब्याट्री हुनु पर्ने उल्लेख छ । साथै यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्ने उल्लेख छ ।

 

विद्युतीय सवारीसाधनको मापदण्डसँगै सरकारले २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा अनिर्वाय विद्युतीय ट्याक्सी लिनु पर्ने व्यवस्था गरेको छ ।

 

 

अनुचित कारोबार गर्ने ९९६ फर्मलाई कारबाही Read Previous

अनुचित कारोबार गर्ने ९९६ फर्मलाई कारबाही

नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी