यूनाइटेड सिमेन्ट्सले दियो ठेकेदार र मिस्त्रीलाई प्रशिक्षण

काठमाडौं । यूनाइटेड सिमेन्ट्सले ठेकेदार र मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ।

 

कम्पनीले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा उनीहरुलाई प्रशिक्षण दिएको हो । अधिकांश निर्माणकर्मीले अनुभवको आधारमा काम गर्दै आएको तर सही निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उनीहरुलाई गुणस्तरीय निर्माण गर्ने तरिकाबारे प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।

 

सिमेन्ट्सले हालसम्म ४ स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको छ भने यो कार्यक्रम निरन्तर चलिरहने छ । आगामी दिनमा हजारौं निर्माणकर्मीलाई प्रशिक्षण दिने यस उद्योगको लक्ष्य रहेको छ।

 

सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारी को साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सही तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि विषयमा सो कार्यक्रममा प्रस्ट पारिएको थियो।

 

पारिवारिक घर निर्माणसहित गगन चुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यूनाइटेड सिमेन्ट ढुक्कसंग प्रयोग गर्न सकिन्छ भनेर सो कार्यक्रममा प्रस्ट पारिएको थियो।

 

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी आफैं क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ७ वर्ष देखि नौबिसेमा रहेको आफ्नो कारखानाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।

 

५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी सिमेन्ट बनाउँदै आएको यस उद्योगले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई सधैँ मजबुत बनाएको छ ।

अघि बढ्दै दोधारा-चाँदनी सुक्खा बन्दरगाह, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार हुँदै Read Previous

अघि बढ्दै दोधारा-चाँदनी सुक्खा बन्दरगाह, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार हुँदै

अब अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टै सञ्चालन हुने, आन्तरिक उडान राति १२ बजेसम्म Read Next

अब अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टै सञ्चालन हुने, आन्तरिक उडान राति १२ बजेसम्म