रन सुजका २५ मोडलका नयाँ जुत्ता बजारमा

काठमाडौं । रन सुज इण्डष्ट्रिज प्रालिले नयाँ वर्षको अवसरमा २५ मोडलका नयाँ जुत्ताहरू बजारमा ल्याएको छ । रनले स्पोर्टस्मा १५ नयाँ मोडलका र पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ताहरू बजारमा ल्याएको हो ।

 

स्पोर्टस् शुजमा युवा लगायत सबै उमेर समूह सम्मका डिजाइनहरू रहेका छन् । स्वदेशमै उत्पादित जुत्ता चप्पलहरूको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरूले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए ।

 

रनका नयाँ मोडलका जुत्ताहरूमा उच्च गुणस्तरीय कच्चा पदार्थहरूको प्रयोग गरी बनाइएको, लचिलो सोलका साथै चार एमएमको लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी हुनुका साथै सर्वसुलभ मूल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरूमा ग्राहकहरूले ६ महिनाको वारेन्टी समेत पाउने गरेका छन ।

 

रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरूमा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम सहित ७५ वटै जिल्लाहरूमा विक्री वितरण हुँदै आएको छ । अब चाँडै निर्यातको तयारीमा समेत रहेको कम्पनी जनाएको छ ।

 

उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस शुज, क्याजुअल शुज, लोफर, स्कुल/कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।

२०७८ मा कीर्तिमान बनाएको सेयर बजार यो वर्ष कस्तो रहला ? Read Previous

२०७८ मा कीर्तिमान बनाएको सेयर बजार यो वर्ष कस्तो रहला ?

पोखराबाट भारतको दुई गन्तव्यमा उडान गर्दै बुद्ध एयर Read Next

पोखराबाट भारतको दुई गन्तव्यमा उडान गर्दै बुद्ध एयर