अब कुहिने र नहुकिने फोहर छुट्टाछुट्टै नराखे ५०० जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।

 

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

 

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।

 

पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।

अमेरिकाले दिने ८० अर्ब अनुदान लिने सरकारको निर्णय, विश्व बैंकबाट थप १८ अर्ब ऋण लिने Read Previous

अमेरिकाले दिने ८० अर्ब अनुदान लिने सरकारको निर्णय, विश्व बैंकबाट थप १८ अर्ब ऋण लिने

२०७८ मा कीर्तिमान बनाएको सेयर बजार यो वर्ष कस्तो रहला ? Read Next

२०७८ मा कीर्तिमान बनाएको सेयर बजार यो वर्ष कस्तो रहला ?