मध्यमर्स्याङ्दीमा बिजुली उत्पादनमा दोब्बरले वृद्धि

काठमाडौं । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ ।

 

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

 

पुस लागेसँगै २६÷२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।

 

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल २७ अर्ब २० करोड रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो ।

तोकिएकै समयमा सकिएन 'मन्त्री क्वाटर' निर्माण, अझै २३ प्रतिशत काम बाँकी Read Previous

तोकिएकै समयमा सकिएन 'मन्त्री क्वाटर' निर्माण, अझै २३ प्रतिशत काम बाँकी

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो Read Next

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो