काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । बीमा क्षेत्रका कम्पनी बाहेक अन्य क्षेत्रका अधिकांश कम्पनीहरुले साधरण सभा गरी उक्त लाभांश पारित समेत गरिसकेका छन् ।
हालसम्म लाभांश घोषणा गरेका तर, साधरण सभा हुन बाँकी ६ कम्पनीले बुकक्लोज मिति तोकेका छैन । तसर्थ, अझै यी कम्पनीको सेयर किन्दा लाभांश पाइन्छ ।
किसान लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र वीन नेपाल लघुत्तिको बुकक्लोज हुन बाँकी छ ।
अझै सेयर किन्दा किसान लघुवित्तको २५ प्रबिोनस सेयर, लुम्बिनी जनरलको ९.५३ बोनस र ०.४७ नगद गरी कुल १० प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत बोनस र ०.३७ नगद गरी ६.३७, सगरमाथाको २० प्रतिशत बोनस र १.०५ गरी २१.०५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद गरी कुल ११.५७ प्रतिशत र वीन नेपालको ११ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरी ११.५ प्रतिशत लाभांश पाइन्छ ।
प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।