बैंक डुबाएर मस्ती गर्ने बैंकका पूर्व अध्यक्षलाई ४ वर्ष जेल सजाय

जेनेभा । जालसाजीको आरोपमा एउटा स्वीस बैंकका पूर्व अध्यक्षलाई झण्डै ४ वर्ष लामो काराबास सजाय सुनाइएको छ ।

 

जुरिचस्थित अदालतले ६५ वर्षीय पिएरिन भिन्सेन्जले स्ट्रिप क्लब, टिन्डर डेट्स, महँगा गन्तव्यमा विदा मनाउन र रात्रिभोजमा अवैध रूपमा भुक्तानी गर्न आफ्नो कम्पनीको क्रेडिट कार्डको दुरूपयोग गर्ने गरेको जनाएको छ ।

 

यस मुद्दामा जनचासो मनोरन्जनात्मक रहेको पाइएको छ । मानौ मुद्दा जुरिचको कुनै अदालतमा नभई कुनै कन्सर्ट हलमा चलिरहेको छ ।

 

राइफेइसन बैंकका पूर्व प्रमुख कार्यकारिणी अधिकारी भिन्सेन्ज र उनका सह–प्रतिवादीले अदालतको यस निर्णयविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन् ।

 

सरकारी वकिलहरूले भिन्सेन्ज र क्रेडिट कार्ड कम्पनीका पूर्व बोस बिट स्टोकरले कम्पनीलाई ठगेर आफ्नो खल्ती भर्ने काम गरेको आरोप लगाएका थिए । स्टोकरलाई ४ वर्ष र कुनै समय स्वीट्जरल्यान्डका प्रतिष्ठित बैंकरको रूपमा चिनिने गरेका भिन्सेन्जलाई तीन वर्ष नौ महिना लामो काराबास सजाय सुनाइएको छ ।

 

स्वीस संचार माध्यमकाअनुसार न्यायधीशले भिन्सेन्जले थुप्रैपटक स्ट्रिप ब्क्लबमा गएर खर्च गरे पनि वास्तवमा सो रकम बैंकको खर्च शीर्षकसँग सरोकार नरहेको बताएका छन् । रोयटर्सले उनले स्ट्रिप क्लबमा मात्रै व्यापार व्यवसायसँग सम्बन्धित खर्च भन्दै कम्पनीको नामबाट २ लाख १४ हजार अमेरिकी डलर तिरेको जनाएको छ ।

 

साथै उनले टिन्डरमा भेटेकी एक महिलासँग खाना खाएको ७०० फ्रान्क पनि ‘जागिरका लागि अन्तर्वार्ता’ लिएको नाममा भुक्तानी गरेका थिए ।

 

स्वीट्जरल्यान्डस्थित बीबीसीका संवाददाता इमोजेन फोल्केसले यस मुद्दाका कारण स्थानीय समुदायमा २ सय वटा शाखा भएको राइफेइसन बैंकको प्रतिष्ठामै आँच पुगेको बताएका छन् ।-बीबीसी

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो, होटल भरिभराउ Read Previous

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो, होटल भरिभराउ

भोलिदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाटै, कार्यालय धाउन नपर्ने Read Next

भोलिदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाटै, कार्यालय धाउन नपर्ने