कनेक्ट आइपीएसको नयाँ वर्ष अफर : खाता लिंक गर्दा १०० रुपैयाँ क्यासब्याक, माउन्टेन फ्लाइटको कपल टिकट

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कनेक्ट आइपीएसले नयाँ वर्ष अफर ल्याएको छ । कनेक्टले वैशाख १ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी नयाँ वर्ष अफर ल्याएको हो ।

 

अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आइपीएसमा रजिष्टर गरी, कम्तीमा एउटा खाता लिंक गरी त्योे खाता बैंकबाट भेरिफाइ गराउँदा त्यही खातामा १०० रुपैयाँ क्यासब्याक पाउने छन् ।

 

त्यसैगरी, ११ जना भाग्यमानी विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बैंकका ग्राहकले कनेक्ट आइपीएसमा वा यसको मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिंक गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ भेरिफिकेशन गराउन सक्नेछन् ।

 

पहिले नै युजर बनाएर पहिलो खाता लिंक र भेरिफाइ गराउने बैंक ग्राहकले पनि यो अफर अन्तर्गत १०० रुपैयाँ भेरिफाइ गरिएको खातामा प्राप्त गर्न सक्दछन् । अफर अन्तर्गत छनोट हुने ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ।

आजदेखि बढेको गाडी भाडा लागू हुने, अब चढ्ने बित्तिकै २० रुपैयाँ तिर्नुपर्ने (भाडादरसहित) Read Previous

आजदेखि बढेको गाडी भाडा लागू हुने, अब चढ्ने बित्तिकै २० रुपैयाँ तिर्नुपर्ने (भाडादरसहित)

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो, होटल भरिभराउ Read Next

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो, होटल भरिभराउ