नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

 

नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

त्यस्तै, इन्फिनिटि लघुवित्तको २७.७० प्रतिशत अर्थात् ८ लाख ९९ हजार ९८.१२७३ कित्ता र सूर्योदय लघुवित्तको २० प्रतिशत अर्थात् ४ लाख ९६ हजार ८५.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

५ तारे होटको नयाँ वर्ष अफर : २९९९ रुपैयाँमै बुफेदेखि वाइनसम्म, यस्ता छन् प्याकेज Read Previous

५ तारे होटको नयाँ वर्ष अफर : २९९९ रुपैयाँमै बुफेदेखि वाइनसम्म, यस्ता छन् प्याकेज

सुरुङमा हालिएको मेलम्चीको पानी कहिलेसम्म काठमाडौं आइपुग्छ ? Read Next

सुरुङमा हालिएको मेलम्चीको पानी कहिलेसम्म काठमाडौं आइपुग्छ ?