सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । संचालक समितिको चैत ३० गते बसेको बैठकले न्योपानेलाई ४ वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो ।

 

उनी यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीए (स्नातकोत्तर) गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

 

उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्बद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रूपमा चिनिन्छन् ।

 

तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र जारी Read Previous

तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र जारी

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल Read Next

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल