५ लाख घुससहित मातपोतका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

 

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको ५ लाख रुपैयाँ रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।

 

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।

यी दुई कारण, जसले ल्यायो सेयर बजारमा उछाल Read Previous

यी दुई कारण, जसले ल्यायो सेयर बजारमा उछाल

३ वर्षमा जम्मा १ किलोमिटर सडक कालोपत्र Read Next

३ वर्षमा जम्मा १ किलोमिटर सडक कालोपत्र