काठमाडौं । सेयर बजार उच्च अकंले कमब्याकगरेको छ । यससाता सुरुका ४ दिनमा ११५ अंकले घटेको नेप्से आज उच्च अंकले लयमा फर्केको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले बढेर २ अर्बभन्दा बढी पुगेको छ ।
बिहीबार सेयर बजार मापक सूचक नेप्से ३५.६६ अंकले घटेर २४६४.३१ विन्दुमा पुगेको छ । यसदिन २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूह्को परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ३.५९ प्रतिशतले बढेको छ भने व्यापार समूह पनि २.६२ प्रतिशतले बढेको छ ।
आज करोबारमा आएको २२४ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, प्राइम कमर्शियल बैंकको साढे ६ करोड र हिमालयन डिस्ट्रीलरीे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेकोे बजारमा आज दुई कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त र हिमालयन पावर कम्पनीको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, नेपाल टेलिकम ५.८१, एक्सेल डेभलपमेन्ट बैंक ५.०५, सबैको लघुवित्त, विशाल बजार र कालिका पावरको सेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ । त्यस्तै, साना किसान लघुवित्त, सेञ्चुरी कमर्शियल बैंक, बोटलर्स नेपालर जाल्पा लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ ।