बुद्ध एयरले वैशाखदेखि पोखरा-भद्रपुर सिधा उडान गर्ने, भाडा कति ?

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पोखराबाट झापाको भद्रपुर सिधा उडान भर्ने भएको छ । हवाई उडानमार्फत देशका सातै प्रदेशलाई पोखरासँग जोड्ने अभियानमा रहेको बुद्धले आगामी वैशाख २ गतेदेखि प्रदेश नं. १ को भद्रपुर सिधा उडान गर्ने भएको हो ।

 

पोखरा-भद्रपुर रुटमा हप्ताको सातै दिन उडान गर्ने कम्पनीले जनाएको छ । पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुनेछ ।

 

यस रुटको न्यूनतम भाडादर ६ हजार ९०० रुपैयाँ रहेको छ । उडानबाट दुवै प्रदेशका वासिन्दा मात्र लाभान्वित नभई सिमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरू भित्रिन सजिलो हुने जनाइएको छ ।

 

योसँगै बुद्ध एयरले पोखरालाई देशको ६ वटा प्रदेश (कर्णाली बाहेक)सँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ ।

 

बुद्ध एयरसँग एटीआर-७२ जहाज ११ वटा, एटीआर-४२ जहाज ३ वटा र २ वटा बीचक्राफ्ट जहाज छन् ।

जयनगर-कुर्था रेल : दिनको दुईपटक ओहोरदोहोर गर्ने, ७ ठाउँमा स्टेशन Read Previous

जयनगर-कुर्था रेल : दिनको दुईपटक ओहोरदोहोर गर्ने, ७ ठाउँमा स्टेशन

पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गरे : बतास समूह Read Next

पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गरे : बतास समूह