ग्रीन भेञ्चर्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार विहान आइपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १८ लाख १९ हजार  १६ जनाको  हात रित्तो भएको छ ।

 

कम्पनीले चैत ८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी, १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र २८ लाख ७५ हजार कित्ता सर्वसाधरणका लागि छुटेयाइएको थियो ।

 

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र ग्रीन भेञ्चर्स लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

कसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र ? Read Previous

कसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र ?

शेखर गोल्छाको भारतीय व्यवसायीलाई आग्रहः पहिला घुम्न आउनुहोस्, त्यसपछि लगानी Read Next

शेखर गोल्छाको भारतीय व्यवसायीलाई आग्रहः पहिला घुम्न आउनुहोस्, त्यसपछि लगानी