नेप्सेमा फेरि दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगातार ५ दिन दोहोरो अंकले घटेको नेप्से बुधबार ४० अंकले कमब्याक गरे पनि आज फेरि २३ अंकले घटेको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोडले घटेर २ अर्बभन्दा कममा सीमित भएको छ ।

 

बिहीबार सेयर बजार मापक सूचक नेप्से २३।९५ अंकले घटेर २५४४।३० विन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८९ रुपैयाँ बराबरको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभ्न्दा धेरै २.७६ प्रतिशतले घटेको छ ।

 

आज करोबारमा आएको २२८ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज इमर्जिङ नेपालको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको पौने ९ करोड र नागरिक लगानी कोष ७ बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज नारायणी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.७९ प्रतिशत गुमाएका छन् । त्यसैगरी, युनाइटेड मोदी, युनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावरको ४ सेयर मूल्य प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

त्यस्तै, गोर्खा फाइनान्स, सामलिङ पावर, हिमाल दोलखा, प्रोग्रेसिभ, युनिभर्सिल पवार लयात १ दर्जन कम्पनीको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ Read Previous

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ

७ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, ३ खण्डको काम अझै बाँकी Read Next

७ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, ३ खण्डको काम अझै बाँकी