२ अर्ब लगानीमा सूर्यविनायकमा अहिलेसम्मकै ठूलो तरकारी बजार

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा २ अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।

 

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन् । सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका-८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा २ हजार २०० कक्ष रहेका छन् ।

 

४ हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताए ।

 

‘किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो,’ उनले भने। तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ ।

सुन्दरीजलमा ट्रिपरको ठक्करबाट २ स्कुले बालिकाको मृत्यु, एक गम्भीर घाइते Read Previous

सुन्दरीजलमा ट्रिपरको ठक्करबाट २ स्कुले बालिकाको मृत्यु, एक गम्भीर घाइते

'दमक सपिङ्ग कम्प्लेक्स’का लागि ४२ करोडको ऋण सम्झौता Read Next

'दमक सपिङ्ग कम्प्लेक्स’का लागि ४२ करोडको ऋण सम्झौता