नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेमा आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७९ करोडले घटेर पौने २ अर्बमा सीमित भएको छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको ३८ लाख ९० हजार १३१ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ ।

 

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । झन्डै ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक ७ करोड र नेपाल लाइफ साढे ६ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेष्डो समृद्ध  लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले घटेको बजारमा आज एनआइबीएल समृद्धि फण्ड-२ का इकाइधनीले सबैभन्दा धेरै ४.७३ प्रतिशत गुमाएका छन् ।

 

निगम जोगाउन सरकारसँग १० माग, एकैपटक मूल्य समायोजनदेखि कर छुटसम्म (मागसहित) Read Previous

निगम जोगाउन सरकारसँग १० माग, एकैपटक मूल्य समायोजनदेखि कर छुटसम्म (मागसहित)

वाग्मती ब्यूटिफिकेसनको काम धमाधम हुँदै, असारसम्म सक्ने Read Next

वाग्मती ब्यूटिफिकेसनको काम धमाधम हुँदै, असारसम्म सक्ने