काठमाडौं । काठमाडौंवासीलाई पानीको आवस्यकता पुरा गर्न भन्दै २०५६ सालमा पूर्वप्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराइको पालामा सुरु भएको मेलम्ची खानेपानी आयोजना अझै पुरा हुन सकेको छैन । मेलम्ची खानेपानी योजना चर्चामा २०५५ सालबाट आएको भए पनि यसलाई ठेक्का दिएर काम अघि बढाइएको भने आर्थिक वर्ष २०६५/६६ बाट हो ।
ठेक्का लागेको १० वर्ष पूरा भइसकेको छ । यस अवधिमा २ पटक ठेक्का रद्ध भएको छ भने, तेस्रो ठेकेदार कम्पनीको रुपमा चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाउने निश्चित भएको छ । सार्वजनिक खरिद ऐन अनुसार अन्य कम्पनीको तुलनामा सिनो हाइड्रोले २८ प्रतिशत कम रकममा काम गर्ने कबुल गरेकाले मेलम्चीको ठेक्का उसैले पाउने निश्चित भएको हो ।
हेड वर्कसको काम पुरा गर्न अधिकतम १ अर्ब २४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा सिनो हाइड्रोले ९१ करोड १४ लाख रुपैयाँमा सक्नेगरी ठेक्का लिन लागेको उनले जानकारी दिए । यस्तै सुरुङतर्फको काम ९८ करोड १४ लाख अनुमान गरिएकोमा कम्पनीले ७५ करोड २३ लाख रुपैयाँमा उक्त सुरुङको फिनिसिङ गर्ने प्रस्ताव गरेको छ । हेड वर्कसको काम सिनोले १५ महिनाभित्र सक्नुपर्ने छ भने सुरुङको काम १२ महिना भित्र सक्नु पर्ने छ ।
अब सिनो हाइड्रोले बैंक ग्यारेन्टीलगायतका कागजी प्रक्रिया पुरा गरेपछि ठेक्का सम्झौंता हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी तथा सिनियर डिभिजन इन्जीनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिए । ठेक्का सम्झौंताको तयारी अनुसार अब बाँकी काम सम्झौंताको मितिले १५ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने पन्तले जानकारी दिए ।
कति बाँकी छ काम
मेलम्चीको टनेल भित्र ४ सय मिटर फिनिसिङ गर्न बाँकी रहेको छ भने ८ सय मिटर लामो इन्भर्ट निर्माण बाँकी रहेको पन्त बताउँछन् । ‘मुख्य काम हेडवर्कसमा रहेको छ, त्यो बाहिरी भागमा काम गर्नुपर्ने भएकाले राम्रो व्यवस्थापन भयो भने तोकेको समयभन्दा अघि काम सकिन सक्छ,’ पन्तले चाणक्य पोष्टसँग भने ।

हेड वर्कसको काम पुरा गर्न अधिकतम १ अर्ब २४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा सिनो हाइड्रोले ९१ करोड १४ लाख रुपैयाँमा सक्नेगरी ठेक्का लिन लागेको उनले जानकारी दिए । यस्तै सुरुङतर्फको काम ९८ करोड १४ लाख अनुमान गरिएकोमा कम्पनीले ७५ करोड २३ लाख रुपैयाँमा उक्त सुरुङको फिनिसिङ गर्ने प्रस्ताव गरेको छ । हेड वर्कसको काम सिनोले १५ महिनाभित्र सक्नुपर्ने छ भने सुरुङको काम १२ महिना भित्र सक्नु पर्ने छ ।
यही जेठ १७ गते सूचना छापेर २ छुट्टाछुट्टै नयाँ ठेक्काको सूचना प्रकाशन गरिएको थियो । हेडवर्कस र सुरुङको कामका लागि छुट्टा छुट्टै ठेक्का खुल्ला गरिए पनि हाल एउटै कम्पनीले २ वटै काम गर्नेगरी ठेक्का दिन लागिएको हो । मेलम्चीको अन्य स–साना ८ कामहरु प्याकेजमा भइरहेको उनले जानकारी दिए ।
यस अघि इटालियन कम्पनीले ९० प्रतिशत भन्दा बढि काम गरिसकेको विभागले जानकारी दिएको छ । इटालीयन कम्पनी सिएमसीडीआई र भेना कम्पनीले सुरुङको २५ किलोमिटर फिनिसिङको काम सकेको थियो । सो कम्पनीले फिनिसिङको ९० प्रतिशत काम सकेको हो भने सुरुङ खन्ने काम शतप्रतिशत सम्पन्न गरेको थियो । कम्पनीले सुरुङको २७.५ किलोमिटर मध्ये २५.५ किलोमिटर फिनिसिङको काम सकेको हो । अब थप २.५ किलोमिटर फिनिसिङको काम बाँकी रहेको छ । अब आउने नयाँ कम्पनीले सो काम पुरा गर्नुपर्ने छ ।
‘हेड वर्कसतर्फ नदी डाइभर्सन वायरको काम बाँकी छ, अन्य धेरै काम इटालीयन कम्पनीले गरी सकेको छ,’ पन्तले भने ।इटालियन कम्पनीले गर्दै आएको खानेपानीको काम २०७२ मा आएको ठूलो भुकम्पको कारण अवरुद्ध भएको थियो । भुकम्पका कारण प्रवेशमार्ग बगेर थप अवरुद्ध उत्पन्न भएपछि समयमा उक्त काम सम्पन्न भएको थिएन ।
भुकम्पका कारणले पहाड चर्किएको, त्यसमा माटो काट्ने परिमाण बढ्दै गएपछि इटलीयन कम्पनीले म्याद थप गर्न माग गरेपछि सरकारी पक्ष म्याद थपका लागि राजी नभएको हो । लामो कानुनी प्रक्रियापछि नेपाल सरकारले फेब्रुअरी १०, २०२० सम्मको म्याद थप गर्नु पर्ने भएकोमा शो कम्पनी व्यवसायीक रुपमा टाट उल्टेका कारण अर्को कम्पनीलाई काम दिनु परेका पन्तले बताए ।

इटालीयन अदालतले उसलाई टाट उल्टेको घोषणा गर्यो र उसले नेपालमा लगानी गर्न नसक्ने देखिए पछि १५ डिसेम्बर २०१८ मा काम छोडेर गएको थियो । नेपाल सरकारले उसँगको सम्झौता फेब्रुअरी २०१९मा रद्द गरेको थियो ।
यही जेठ १७ गते सूचना छापेर २ छुट्टाछुट्टै नयाँ ठेक्काको सूचना प्रकाशन गरिएको थियो । हेडवर्कस र सुरुङको कामका लागि छुट्टा छुट्टै ठेक्का खुल्ला गरिए पनि हाल एउटै कम्पनीले २ वटै काम गर्नेगरी ठेक्का दिन लागिएको हो । मेलम्चीको अन्य स–साना ८ कामहरु प्याकेजमा भइरहेको उनले जानकारी दिए ।
मेलम्ची खानेपानीको इतिहास
मेलम्ची खानेपानी ल्याउने छलफल पछि पूर्वाप्रधान मन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानी विकास समिति २०५५/५६ मा स्थापना गराएका थिए ।
२०५५ सालमा समिति गठन भएपछि ७ वर्षसम्म जग्गा प्राप्ती, आयोजनाको संरचना निर्माण, वातावरणिय मूल्याङकन र मुख्य प्रवेश निर्माणको काम भएको पन्तले जानकारी दिए । त्यसक्रममा सिन्धुपाल्चोकबाट ४२ किलोमिटर पुरानो र २८ किलोमिटर नयाँ बाटो बनाउनु परेको पन्तले बताए ।
‘७ वर्षसम्म तयारीको काम मात्र भयो, २०६५/६६ मा मेलम्ची खानेपानीको कामलाई २ भागमा छुट्याएर अघि बढाइयो,’ पन्तले भने । आयोजना निर्माण र पानी प्रसोधनको काम मेलम्ची खानेपानी विकास समितिले गर्ने र वितरणका लागि अर्को निकाय खडा गरियो ।
विकास समितिका अनुसार हालसम्म ९ अर्ब ४ करोडको हारारहारीमा मेलम्ची खानेपानी अयोजनामा खर्च भइसकेको छ ।