नेप्सेमा उच्च अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेमा आज ४१ अंकको पहिरो गएको हो । नेप्से लगातार दोहोरो अंकले घटेको आज तेस्रो दिन हो ।

 

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । गतसाता औसतमा ३ अर्ब हाराहारी कारोबार हुँदै आएकोमा आज बढेर ५ अर्ब पुगेको छ ।

 

आइतबार सेयर बजार मापक सूचक नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै ४.३६ प्रतिशतले घटेको छ ।

 

आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे २७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स १७ र एभरेष्ट इन्स्योरेन्सको १६ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

उच्च अंकले घटेको बजारमा आज मल्टी प्रपोज फाइनानसका सेयरधनीले सबैभन्दा धेरै ५.५० प्रतिशत गुमाएका छन् ।

लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रबद्र्धनमा सघाउँछु : राजदूत शर्मा Read Previous

लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रबद्र्धनमा सघाउँछु : राजदूत शर्मा

उपत्यकाको ४४ हजार रोपनी जग्गा कित्ताकाट खुलाइँदै, यी ठाउँको जग्गा हुँदैछ फुकुवा Read Next

उपत्यकाको ४४ हजार रोपनी जग्गा कित्ताकाट खुलाइँदै, यी ठाउँको जग्गा हुँदैछ फुकुवा