२०७९ सालमा शनिबार बाहेक ४४ दिन बैंक बन्द हुने (सूचीसहित)

काठमाडौं । आगामी वर्ष २०७९ सालमा बैंक तथा वित्तीय संस्थाहरु शनिबार बाहेक ४४ दिन बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बिदा सूची अनुसार २०७९ सालमा शनिबार बाहेक ४४ दिन बैंक बन्द हुने भएका हुन् ।

 

राष्ट्र बैंकका अनुसार विभिन्न ३४ प्रकारका चाडपर्व, दिवस तथा महोत्सवका कारण ४४ दिन बैंकका कर्मचारीलाई बिदा हुने छ ।  ५२ दिन शनिबार गरी कुल ९६ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।

 

वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बै‌ंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

 

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति Read Previous

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

ग्रीन भेन्चर्सको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Next

ग्रीन भेन्चर्सको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?