व्यापार घाटा साढे ११ खर्ब नाघ्यो, निर्यातमा नयाँ रेकर्ड

काठमाडौं । नेपालको चालु आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा साढे ११ खर्ब बढी पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा ३४.५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।

 

गत वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख रुपैयाँ थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले चालु वर्षको आठ महिनामा (साउन फागुन)सम्म १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आबको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख बढीको आयात भएको थियो ।

 

आयात बढेसँगै नेपालबाट हुने निर्यातमा पनि वृद्धि भएको छ । चालु आवको आठ महिनामा नेपालले १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो अहिलेसम्मकै उच्च हो ।

 

असन्तुलन व्यापार र स्वदेशी वस्तुको निकासी गर्न नसक्दा नेपालले उल्लेख्य व्यापार घाटा बेर्होदै आएको छ । नेपाल राष्ट्र बैंकले व्यापार घाटा बढेर भुक्तानी असन्तुलन भएको भन्दै केही समयअघि मात्रै वस्तु आयातमा कडाइ गरेको थियो ।

 

राष्ट्र बैंकले आयातमा कडाई गर्ने नीति लिएपनि वस्तु आयात भने घटेको छैन् । कुल वस्तु आयात वापत विभागले २ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

लाइसेन्सको फाराम भरेका सबैको २ महिनामा भित्र परीक्षा भइसक्ने Read Previous

लाइसेन्सको फाराम भरेका सबैको २ महिनामा भित्र परीक्षा भइसक्ने

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति Read Next

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति