काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा ई.केवाइसी ९भ्(प्थ्ऋ० सेवा संचालनमा ल्याएको छ ।
बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाइसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई केवाइसी सेवाको सुरुआत गरेको हो ।
यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाइसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् ।
आफ्नो केवाइसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्र्ने हुन्छ । यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाइसी अध्यावद्यिकको निवेदन दिन सक्नेछन् ।
डिजिटल बंैकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्कसेवाको सुरुआत गरिसकेको छ ।
कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नुहुनेछ ।
साथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ ।
बैंकले हाल देशभरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १३ लाख बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।